Comments Add Comment

आईपीएलमा ब्याट्सम्यानलाई आश्विनको ‘पहिलो र अन्तिम’ चेतावनी

२० असोज, काठमाडौं । दिल्ली क्यापिटलका स्पिनर रविचन्द्रन आश्विनले भारतीय प्रिमियर लिगको बाँकी खेलका लागि ब्याट्सम्यानहरुलाई ‘पहिलो र अन्तिम चेतावनी’ दिएका छन् । सोमबार रोयल च्यालेन्जर बैंगलोरविरुद्धको म्याचमा उनले अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिन्चलाई रनआउटको मौका पाएर पनि जीवनदान दिएका थिए ।

आश्विनले बल फाल्नु अगावै फिन्च क्रिजबाट बाहिर निस्केकाले उनलाई रनआउट गर्ने अवसर आश्विनलाई थियो । ठिक त्यस्तै अवसर, जुन अघिल्लो आइपीएलमा पनि उनलाई प्राप्त भएको थियो । त्यसमा उनले ईंग्ल्यान्डका ब्याट्सम्यान जोस बटलरलाई आउट गर्ने मौका गुमाएनन् । तर, यसपालि चाहिँ उनले उल्टो गरे ।

खेल सकिएपछि आश्विनले यसबारे मुख खोलेका छन् । ‘म २०२० का लागि पहिलो र अन्तिम चेतावनी दिँदैछु । पछि मलाई दोष दिन पाइँदैन,’ उनले भनेका छन् ।

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले प्रतियोगिता अगाडि नै आश्विनले बटलरलाई आउट गरेजस्तो तरिका आफ्नो टिमबाट खेल्दा नगर्न भनेका थिए । प्रशिक्षकको निर्देशन मान्दै आश्विनले फिन्चलाई जोगाएका हुन् । तर अब भने अरुलाई नजोगाउने उनले बताएका छन् । हिजोको म्याचमा दिल्लीले आरसीबीलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment