Comments Add Comment

प्रदेश १ मा ८ हजार नाघे कोरोना संक्रमित

फाइल तस्वीर

२० असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । मंगलबार एकै दिन ३३० जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको हो ।

मंगलबार थपिएको संख्या दैनिक संक्रमण संख्यामा हालसम्मकै उच्च हो । प्रदेश १ मा ४ हजार १२२ जना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये ८५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् ।

मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला र १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २८ महिला र २६ पुरुष, इटहरीमा ६ महिला र १२ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, रामधुनीमा २ महिला र २ पुरुष, बर्जुमा १ महिला र ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १/१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको भद्रपुरमा १ महिला र ५ पुरुष, विर्तामोड र दमकमा ३/३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रहदशी, अर्जुनधारा, बुद्धशान्तिमा १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १/१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment