+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१० महिनाको शिशुको विकास र आहारको बारेमा ध्यान दिनुपर्ने कुराहरू

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते ४:४३

यदि तपाईंको बच्चा १० महिनाको भयो भने बचाको स्वास्थ्यलाई कसरी ख्याल गर्ने ? के खान दिने र उसको खानामा कस्तो तालिका बनाउने ? यो कुरा महत्वपूर्ण हुने गर्छ । १० महिनाको समय यस्तो समय हो त्त्यो बेलादेखि नै बच्चाले हरेक काममा आत्मनिर्भरताको बाटो अपनाउन खोज्छ । यही समयमा नै बच्चाको शान्त, मृदुभाषी र जोखिम उठाउन सक्ने कस्तो स्वभाव छ ? भन्ने यकिन गर्न सकिन्छ । यही १० महिनो शिशुको विकास र आहारसँग जोडिएको विषयलाई तल उल्लेख गरिएको छ ।

१० महिनाको शिशुको वजन र उचाइ कति हुनु ठीक ?

कुनै पनि बच्चाको शरीर सन्तुलित गतिमा विकास भइरहेको छ कि छैन ? भन्ने बारेमा पत्ता लगाउनको लागि समयसमयमा बच्चाको उचाइ र तौल आदिको बारेमा नाप लिइरहनुपर्छ ।

विश्व स्वास्थ्य संगठनले जन्मदेखि २ वर्षसम्मको उमेरसम्मको बच्चाको वजन र उसको लम्बाइ कति हुनुपर्छ ? भनेर एउटा औसत चार्ट समेत तयार पारेको छ । यसको अनुसार यदि १० महिनाको शिशु केटा ५ भने ९.८ किलो र केटि भएमा ९ किलोको हुनुपर्छ । शिशुको उचाइको कुरा गर्दा १० महिनाको केटा शिशु भए उसको उचाई ७३ सेन्टिमिटर र यदि छोरी भए ७१.५ सेन्टिमिटरको आसपास हुने गर्छ । यो लम्बाइ र तौल औषत हो । यसमा थोरै तलमाथि हुँदा चिन्ता लिनुपर्ने कुनै कुरा रहँदैन ।

१० महिनाको शिशुको गतिविधि

१० महिना पुगेको बच्चा आफ्नो हात र घुँडाको सहाराले हिँडडुल गर्ने गर्छ । हात र खुट्टाको सहाराले नै पूरै घरको परिक्रमा गर्ने गर्छ । केही केही बच्चाहरू त्यसभन्दा भिन्न पनि हुन्छन् । त्यस्तो हुँदा पनि चिन्ता लिनु भने पर्दैन । किनकि कोही कोही बच्चा एकै पटक खुट्टाको सहाराले हिँड्ने खालको पनि हुन्छ ।

आफ्नो सानो हातको मुट्ठीमा सानो सानो वस्तु लिने ती बच्चाहरूले यो समयमा सर्पलाई समाते भने पनि मारेर छाड्छन् भन्ने नेपाली मान्यता छ । १० महिनाको शिशुमा निम्नलिखित शारीरिक विकास हुने गर्छ ।

–कसैको सहाराविना नै बस्ने गर्नु

–सिधा उभिएर बस्नु

–जमिनमा बसेको पोजिसनमा कुनै पनि चिज या फर्निचरलाई समातेर सिधा उभिनु

–कसैको सहाराविना नै सिधा उभिनु

–केही कदम अघि बढ्नु या सिँढी चढ्नु

–जसले आफूलाई बोलाउँछ । उसैको तिर पुग्नु ।

–हात हल्लाएर बाइबाइ गर्नु आदि ।

१० महिने शिशुमा हुने मस्तिष्कको विकास

–१० महिनाको शिशुले रंगलाई राम्रो तरिकाले देख्न र सम्झिन सक्छ ।

–कुनै पनि स्वाद वा वस्तु हेरेर आफूलाई मन पर्ने वा नपर्ने पहिचान गर्न सक्छ ।

–१० महिनाको शिशु जिज्ञासु हुने गर्छ । उसले कुन वस्तुले कस्तो काम गर्छ भनेर पत्ता लगाउन खोज्छ ।

–१० महिनाको शिशुमा नै आफू एक्लो हुन्छु कि भन्ने चिन्ताको समेत विकास हुन्छ ।

–बच्चाको भविष्यको व्यवहार कस्तो हुन्छ भन्ने पनि यही समयमा अनुमान गर्न सकिन्छ ।

–यो समयमा बच्चाले केही केही शब्दलाई बुझ्ने र सम्झने गर्छ ।

–यो समयको बच्चालाई संगीतप्रति धेरै रुचि हुन्छ । संगीत सुनेर आफैंमा झुम्न थाल्छ ।

१० महिनाको बच्चामा सञ्चारको विकास

१० महिनाको बच्चाले अरुले गरेको कामको नक्कल गर्न सक्छ । तपाईंले भनेको कुरा र भनेको शैलीलाई यो उमेरको मान्छेले जस्ताको त्यस्तै टिप्ने गर्छ । उदाहरणको लागि यदि तपाईं कुनै उदास फिल्म हेरेर रोइरहनु भएको छ  भने बच्चाको अनुहार पनि उदास हुन्छ ।

–यदि हामीले हात उठाएर बाइबाइ ग¥यौं भने उसले पनि सोही शैलीमा बाइबाइ गर्छ ।

–१० महिनाको शिशु स्वयंलाई आफ्नो नामबाट बोलाउँदा उसले प्रतिक्रिया पनि दिने गर्छ ।

१० महिनाको बच्चालाई के खुवाउने ?

हरेक गतिविधिको विकास भइरहेको अवस्था हुनाले यो समयमा हामीले बच्चालाई पौष्टिक आहार खुवाउनुपर्छ । यो उमेरको बच्चालाई जेसुकै खानेकुरा पनि सकेसम्म आफ्नै हातले खाने बानीको विकास गराउनुपर्छ । निम्न खानेकुरा १० महिनाको बच्चाको लागि उपयुक्त हुन्छ ।

–अमिलो फलहरूलाई छाडेर सबै किसिमको फल

–सबै किसिमको मौसमी तरकारीहरू

–विभिन्न किसिमका दलहनको परिकार

–गाईको दूध छाडेर सबै किसिमका दुग्धजन्य पदार्थहरू

–यदि तपाईं मांसाहारी हो भने नरम मासु र थोरै माछा पनि नरम बनाएर खुवाउन सकिन्छ ।

–यदि सकिन्छ भने बच्चाको खानामा बेसार, हिङ, जिरा, मेथी जस्ता खानेकुरा पनि राख्न सकिन्छ ।

१० महिनाको बच्चालाई कति घण्टा सुत्न लगाउने ?

अधिकांश १० महिनाको बच्चाको लागि १४ घण्टाको निद्रा पर्याप्त हुन्छ । तर यदि केही बच्चा १२ देखि १६ घण्टासम्म पनि सुत्न सक्छ । १० महिनाको बच्चाले एक पटक पनि दूध नपिई १२ घण्टासम्म निरन्तर सुत्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?