Comments Add Comment

तौल घटाउने खाना छाड्ने कि व्यायाम गर्ने ?

मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ ।

नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित हुन्छ । शारीरिक रुपमा सक्रिय भएपछि वा शरीरको समूचित व्यायाम गरेपछि तौल नियन्त्रण गर्न संभव हुन्छ ।

तौल घटाउनका लागि आजको भोलि नै संभव हुने पनि होइन । यसका लागि लामो समय लाग्न सक्छ । नियमित व्यायाम गर्ने, उचित खानपान गर्ने, सक्रिय रहने हो । यस किसिमको नियमित प्रक्रियाले तौल नियन्त्रणमा प्रभावकारी सहयोग पुग्छ ।

थोरै थोरै व्यायाम गर्ने    

अत्याधिक मोटो व्यक्तिलाई विभिन्न किसिमको रोगको जोखिम पनि उच्च हुन्छ । त्यसैले, स्वस्थ जीवन बाँच्नकै लागि पनि तौल कम गर्नु पर्छ । तर कतिपय व्यक्तिलाई  मोटोपनाकै कारण व्यायाम गर्नमा समस्या हुने गर्छ । समस्या भयो भन्दैमा व्यायाम छोड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सरसाइज गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

मर्निङवाक गर्ने

धेरै मोटो भएकै कारण कठिन व्यायाम गर्न सकिदैन भने हल्काफुल्का व्यायाम गर्न सकिन्छ । यसको लागि मर्निग वाक उत्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिब आधा घण्टा मर्निक वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखा पर्छ ।

मर्निङवाक गरेमा शरीरमा रक्तसञ्चार प्रभावकारी ढंगले हुन्छ । शरीर फुर्तिलो रहनुका साथै  मुटु स्वस्थ रहन्छ । त्यतिमात्र हैन, नियमित रुपमा हिडेमा शरीरको वोसो कम भएर तौल स्वत कम हुँदै जान्छ । यदी कोही व्यक्ति मोटो भएकै कारण धेरै ँिहड्न सक्दैन भने सुरु सुरुमा कम्तीमा बीस मिनेट भएपनि हिँड्नै पर्छ । पछि विस्तारै विस्तारै हिँडाईको रफतार र समय बढाउँदै लैजान सकिन्छ ।

हात खुट्टा झट्कार्ने

हामी सोच्छौ, मर्निङवाक गर्नु भनेको हिँड्नु मात्र हो । तर यदी तौल घटाउनकै हिँड्ने हो भने हिँड्ने समयमा पनि विशेष कुराहरुमा ध्यान दिनुपर्छ । उदाहरणको लागि तौल कम गर्न हिड्दै हुुनुहुन्छ भने हातलाई झट्कार्दै तिव्र गतिमा हिँड्नु पर्छ ।

हिँड्दा हातलाई क्रमश अगाडी पछाडी लैजानु पर्छ । यो विधि अपनाएमा शरीरको वोसो मात्र हैन, हातखुट्टामा लागेको वोसो पनि क्रमिक रुपमा कम हुँदै जान्छ । यसबाहेक, अर्को कुरामा पनि विशेष ध्यान दिन  जरुरी छ । त्यो के हो भने हिँड्दा नाकले सास फेर्नु पर्छ । नाकले सास फेरेमा पेटमा दवाव पर्छ  । पेटमा भएको बोसो छिटो पग्लने गर्छ ।

स्ट्रेचिङ्ग गर्ने 

मोटो व्यक्तिलाई सुरु सुरुमा स्टे«चिङ्ग गर्न अप्ठेरो हुनसक्छ । यदी साच्चै नै स्टे«चिङ गर्न गा¥हो छ भनेर हल्का टहलिनु पनि काफी छ  । तर टहििलन सुरु भएको एक दुई हप्ताबाटै हातखुट्टालाई तन्काएर स्ट्रेचिङ्ग भने अवश्य गर्नु पर्छ । हात ताथ खुट्टाको स्ट्रेचिङ्ग गर्दा हातलाई फैलाएर खुट्टाको बलले हल्का उफ्रनुपर्छ ।

व्यायामको सुरुवात

दौडन तथा स्ट्रेचिङ सुरु गरेको करिब एक हप्ता पश्चात्त नै जस्तोसुकै मोटो व्यक्तिले पनि हल्का व्यायाम गर्न सक्दछन् । तर त्यसको लागि दौडन तथा स्ट्रेचिङ गर्न भने छोड्नु हुँदैन ।

व्यायाम गर्नका लागि भुईमा म्याट्रस विच्छ्याएर सुत्नु पर्छ । त्यसपछि दुवै हातलाई दायाँबाया सिधा बनाएर सिधा राख्नु पर्छ । अब आफ्नो हातलाई मोडेर हत्केलालाई जोडेर टोउको सम्म लैजानु पर्छ । यसपछि खुट्टालाई मोडेर साइकल चलाए झै चलाउनु पर्छ  । हेर्दा तथा सामान्य लाग्ने यो एक्सरसाइजले मात्र पनि तौललाई तिव्र गतिमा घटाउन सकिन्छ ।

व्यायाम गर्ने बानी

एक पटक यी व्यायाम सुरु गरिसकेपछि विस्तारै विस्तारै अन्य व्यायाम गर्न पनि शुरु गर्नुपर्छ । यसरी व्यायाम गर्दा खासै समस्या हुँदैन, जुन सुरुवाती चरणमा हुन्थ्यो । र, व्यायामको समयलाई क्रमश बढाउँदै लैजानुपर्छ । एकै पटक धेरै व्यायाम गर्न सकिदैन भने पनि समस्या छैन । दिनमा दुई–तीन पटक विभिन्न किसिमका व्यायाम गरेर पनि शरीरलाई फिट एवं स्वस्थ राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment