Comments Add Comment

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

२२ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जना वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो । उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नं. ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । वडा अध्यक्ष चेत बहादुर क्षेत्रीका अनुसार उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो ।,

‘त्यसपछि उहाँको स्वास्थ्यमा सुधार देखियो । शुक्रबार अक्सिजनको मात्रा ९४ आयो,’ वडा अध्यक्ष क्षेत्रीले अनलाइनखबरसँग भने, ‘शनिबार उहाँले चिया-पाउरोटी पनि खानुभयो तर त्यही दिन बिहान ११ बजे गाह्रो भएछ । डाक्टरहरुले कोसिस गर्दागर्दै गएराति प्राण गयो ।’

वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

बुधबार साँझ नै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment