Comments Add Comment

रुपन्देहीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२२ असोज, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको बुधबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।

उनी सोही दिन दिउँसो १ बजे कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा बुधबार साँझ नै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का सदस्य सवोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ४७ वर्षीय तुलाचनको रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment