+
+
Shares

स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १७:५२

२२ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार-प्रसार इकाइबाट अनुमति लिनु पर्ने उल्लेख छ ।त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?