Comments Add Comment

जुत्ताको तलुवामा लुकाएको १ किलो सुन बरामद

११ असोज, काठमाडौं । दाङमा जुत्ताभित्र एक किलो सुन लुकाएको अवस्थामा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार एक व्यक्तिले लगाएको जुत्ताको तलुवामा सुनको डिक्का भेटिएको हो ।

गाडीमा सवार दाङ घोराहीका सम्मानकुमार श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्तामा सुन भेटिएको दाङका डीएसपी सुमित खड्काले अनलाइनखबरलाई बताए । ‘नेपालगञ्जतिर लैजान लागेको अवस्थामा भालुवाङबाट सुन बरामद भएको हो’, खड्काले भने । उनका अनुसार श्रेष्ठको साथमा भएको सुनको सिक्री र ६० हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।

गाडीमा सवार अपूर्व थैव श्रेष्ठ र चालक सुवास श्रेष्ठ पनि पक्राउ परेका छन् । अपूर्वको साथबाट चाँदी जस्तो देखिने एउटा सक्रिी र ११ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ भने श्रेष्ठको साथबाट १२ हजार २ सय ५० बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई राजश्व अनुसन्धान विभाग बुझाइने जनाइएको छ । उनीहरुले एक जना व्यापारीको सुन नेपालगञ्जतर्फ लगेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment