+
+

भारतमा ६९ लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते ११:१३

२३ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ६९ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९६४ जनाको मृत्यु भएको हो । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोनाका ७६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाबाट दुई लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ५९ लाख ६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?