+
+
Shares

साझा पार्टीकी कोष विभाग प्रमुखले पार्टी छाडिन्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते ११:३२

२३ असोज, काठमाडौं । साझा पार्टीका केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र अर्का केन्द्रीय सदस्य सिद्धि अर्यालले पार्टी छाडेका छन् । उनीहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् ।

पौडेलले सामाजिक सञ्जाल टि्वटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु ।’ पार्टी छाड्नुको कारण भने उनले खुलाएकी छैनन् ।

अर्यालले पनि ट्विटरमार्फत साझा पार्टीलाई शुभकामना दिदै पार्टीमा नरहेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?