Comments Add Comment

डब्ल्यूएचओको कोरोना खोपको विश्वव्यापी अभियानमा चीनको साथ

२३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको विश्वव्यापी कार्यक्रममा चीन पनि जोडिएको छ ।

शुक्रबार चीनले यो कार्यक्रममा जोडिएको बताएको छ । डब्ल्यूएचओले कोरोना खोप खरिद र वितरण स्वच्छरुपमा गर्ने उद्देश्यका साथमा यो अभियान सुरु गरेको हो । यो अभियानलाई ‘कोभ्याक्स’ नाम दिइएको छ ।

चीन र डब्ल्यूएचओका प्रतिनिधिहरुको बीचमा भएको छलफलपछि चीन यो अभियानमा सामेल हुन सहमत भएको हो । कोरोना नियन्त्रणको विषयलाई लिएर अहिले पश्चिमा मुलुकहरुमा चीनप्रतिको धारणा नकरात्मक बन्दै गएको एक सर्वेक्षणले देखाएको थियो ।

चीनले कोभ्याक्सलाई कति सहयोग गर्ने हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विशेषगरी विकासशील मुलुकमा खोपको वितरण समान होस् भन्ने हेतुका साथमा चीन कोभ्यास अभियानमा जोडिएको बताएका छन् । साथै उनले अन्य सक्षम मुलुकहरु पनि यो अभियानमा जोडिने विश्वास व्यक्त गरेका छन् ।

कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य लिइएको छ । यसअघि नै यो अभियानमा विश्वभरका १६८ मुलुक जोडिइरहेका छन् । यद्यपि यो कार्यक्रममा अमेरिका र रुस भने जोडिएका छैनन् ।

अहिले चारओटा चिनियाँ खोप अन्तिम चरणको क्लिनिकल परीक्षणको क्रममा छन् । जसमध्ये दुई खोप चीनको सरकारी कम्पनी नेशनल बायोटेक कम्पनीले निर्माण गरिरहेको छ भने बाँकी दुई खोप सिनोभ्याक बायोटेक र क्यानसिनो बायोलोजिक्सले निर्माण गरिरहेको छ ।

स्रोत  : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment