Comments Add Comment

सुख र दुःखको चक्रबाट उम्किएर कसरी आनन्दित रहने ?

आज फेरि उसले दिनभरि कडा परिश्रम ग¥यो । कहिलेकाँही ढु ढुंगा बोक्ने र कहिलेका बालुवाको बोरा बोक्ने काम थियो । तर यति परिश्रम गर्दा पनि उसले १०० रुपैयाँभन्दा बढी पारिश्रमिक पाएन । यो मोहनले पाउने औसत ज्याला हो । कहिले त यति पनि पैसा हुन्न । तर उसले कसरी कसरी यही पैसाले परिवारलाई दुई छाक हात मुख जोड्न पु¥याउँथ्यो त कहिलेकाहीँ खाँचोमा परेकाहरूलाई सहयोग गर्न पनि पु¥याउँथ्यो । जे होस् सबै चीज कठिनाइको साथ गरिएको भए पनि, उनको कडा मेहनतको रफ्तारमा कमी आएको छैन । सबैभन्दा ठूलो कुरा उनी यो मेहनत र यसबाट प्राप्त पारिश्रमिकमा खुसी पनि थिए ।

एकदिन गाउँमा एक अपरिचित मान्छेको वरिपरि मान्छेको भिड देखे । उनी उत्सुकतापूर्वक भिडको बीचमा पुगे । उक्त व्यक्तिको हातमा अनेकथरीका कागज देखेर मोहनले त्यो व्यक्तिको बारेमा त्यहाँ उभिएकासँग सोधे । त्यो मान्छे चिठ्ठा भर्ने मान्छे थियो ।

मोहनले त्यही मान्छेलाई सोध्यो : तिमी को हौ भाइ, यो तिम्रो हातमा भएको के हो ?

बीचमा भएको मान्छेले भन्यो : यो चिठ्ठाको टिकट हो । यदि तपाईंले यो चिठ्ठा पार्नुभयो भने ठूलो धनराशिको पुरस्कार मिल्नेछ । त्यो व्यक्तिले मोहनलाई चिठ्ठा किन्न प्रोत्साहन गर्न थाल्यो ।

मोहनले पनि सजिलै उत्तर दियो : म साधारण कामदार, मलाई उपहारको के आवश्यकता छ ? मलाई कसले दिन्छ उपहार ?

त्यो व्यक्तिले भाग्यको भर नहुने भन्दै भाग्यको परीक्षा गर्न आग्रह ग¥यो । धेरै कर बल गरेपछि मोहनले चिट्ठा किनेर घर लगे । केही दिन बित्यो, एकदिन चिट्ठा भर्ने व्यक्ति मोहनको घरमा पुगे । मोहन घरमा थिएनन् । उनले मोहनकी श्रीमतीलाई आफ्नो परिचय दिए ।

उनले मोहनको लागि ठूलो शुभ समाचार रहेको बताए ।

शुभ समाचार के भन्ने बुझेपछि त्यति ठूलो समाचार आफ्नो पतिलाई आफैंले बताउने उल्लेख गरिन् । मोहनको नाममा ५ लाखको चिठ्ठा परेको थियो ।

त्यो समाचार सुनेपछि मोहनकी पत्नीले सोचिन् ‘आफूले एकैपटक सिधै सो समाचार सुनाउँदा पतिलाई गाह्रो हुन सक्छ भनेर मन्दिरका पुजारीलाई रकम घटाएर सो समाचार सुनाउन सुझाव दिए । पुजारीले पनि सुरुमा एक लाख मात्रै चिठ्ठा परेको सुनाउने निधो गरे ।

साँझ पति घर आए । श्रीमती एकदमै प्रफुल्लित थिए । मोहन आएको थाहा पाएपछि पुजारी पनि घरमा आए । मोहनले पुजारीलाई घरमा आउनुको कारण विनम्रपूर्वक सोधे । पुजारीले पनि सबै प्रक्रिया पु¥याएर मोहनलाई एक लाखको चिठ्ठा परेको सुनाए । पुजारीलाई मोहन खुसीले सम्हालिन नसक्ने हो कि भन्ने चिन्तामा थिए । जसो तसो उनले एक लाख रुपैयाँ चिठ्ठा परेको सुनाए । मोहनले पनि हाकाहाकी एक लाखको चिठ्ठा परेको भए ५० हजार रुपैयाँ मन्दिरमा दान गर्ने सुनाए ।

अहिले पाँच, १० रुपैयाँको भेटी संकलन गरेर बसेको पुजारी एकैपटक ५० हजारको दक्षिणाको कुरा सुनेर बेहोस भए । अन्ततः उनको निधन नै भयो ।

कथाको आध्यात्मिक मूल्याङकन

यो कथाको मूल सार भनेको सम्पत्तिले सुख किन्न सक्ला तर खुसी किन्न सक्दैन । जीवनमा सुख र दुःख आउँछन् र जान्छन् । सुख क्षणिक हुन्छ भने दुःख पनि क्षणिक नै हुन्छ । मान्छेको चाहना एक ठाउँमा हुन्छ तर अनावश्यक चाहनाले नै मान्छेलाई दुःखी बनाउँछ ।

यही कथामा पनि मोहनलाई एक लाख यत्तिकै आउँदा पनि महत्वाकांक्षा र अनावश्यक उत्तेजना मनमा छाएन । हामीलाई ऋषिमुनिहरूले सिकाएको ज्ञान नै जे छ त्यसैमा सन्तुष्ट भइयो भने कहिलै पनि दुःखी भइँदैन भन्ने हो ।

सुख र दुःख दुवै हाम्रो दिमागबाट उत्पन्न हुन्छ । केवल परिस्थिति बाहिरबाट आउने हो । जब हाम्रो दिमाग परिस्थितिले दुःख र सुखको छिनोफानो गर्छ त्यसपछि हामी दुः खी हुन्छौं । त्यो पस्थितिलाई हामीले सुखद् हिसाबले लियौं भने त्यसले हामीलाई खुसी हुन उत्प्रेरित गर्छ ।

दुवै अवस्थामा यदि हामीले संसारबाट आफूलाई अलग सोचेर व्यवहार ग¥यौं भने अनन्त आनन्दसँग हामी जोडिन पुग्छौं । त्यसले खुसी वा दुःख महसुस गर्न थाल्छौं । जीवनमा खुसी वा दुःख छ तर हामी तिनीहरूबाट प्रभावित हुँदैनौं । यहाँबाट एकले असीम सन्तुष्टि र शान्तिको अनुभव गराउने गर्छ ।

प्रस्तुत कथामा मोहन पनि त्यस्तै अवस्थामा रहेको देखिन्छ । ऊ आफ्नो जीवनमा पैसाको अभावमा पनि सन्तुष्ट थियो र पैसा आउँदा पनि उसको इच्छाबाट स्वतन्त्र थियो । दुःख र खुसीले उसको दिमागमा कुनै प्रभाव पारेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment