+
+
Shares

सरकार र डा. केसी पक्षको वार्तामा ढिलाइ, आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १४:१६

२३ असोज, काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ ।

सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

२९ भदौदेखि अनसन बसेका डा. केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् ।

निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ । डा. केसीको छातीको सिटीस्क्यान गनुपर्ने मेडिकल टिमका इन्चार्ज डा. सुवास आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?