+
+

सिन्धुपाल्चोकमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

रासस रासस
२०७७ असोज २३ गते १५:२९

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका-२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत शुक्उरबार द्धार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिए ।

मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताए । यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?