Comments Add Comment

कर्णालीमा थपिए ६२ जना कोरोना संक्रमित

२३ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये कर्मचारी र विद्यार्थी चार/चारजना, दुई जना व्यवसायी, स्वास्थ्यकर्मी, होटल व्यवसायी, बैंक म्यानेजर एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका २६, जुम्ला र कालिकोटका ८/८ जना, सल्यान र रुमुम पश्चिमका ७/७ जना र दैलेखका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ४१६६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप २३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३३०३ पुगेको छ ।

प्रदेशभर हालसम्मा ७४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले बताए । कर्णालीमा हालसम्म कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment