
२३ असोज, हेटौंडा । मकवापनुरको हेटौंडामा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री हेटौंडा–१७ बस्ने २९ वर्षीया शर्मीला बिक रहेकी छन् ।
अल्फाबेट स्पष्ट नभएको (३९२६) ट्याक्टरले हेटौंडा उपमहानगरपालिका –१८, भोर्लेमा शुक्रबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार धरान-चतरा सडकखण्ड अन्तर्गत हटियाबाट ठूलदमार जाँदै गरेको ट्याक्टरले महिलालाई ठक्कर दिएको थियो । ट्याकटर चालक फरार रहेका र उनको खोजी कार्य भइरहेको रानाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4