Comments Add Comment

विज्ञापन बजारमा उपासनाको डिमाण्ड

कलाकारहरुको सफलता चलचित्रको व्यापारसँग मात्र सिमित छैन । उनीहरुको लोकप्रियता ब्रान्ड बजारमा उनीहरुले प्राप्त गरेको उपलब्धीले पनि मापन गर्न सकिन्छ । कलाकार लोकप्रिय हुँदै गएपछि उनीहरुलाई विभिन्न ब्रान्डले आफ्नो एम्बेस्डरको रुपमा अनुवन्धित गर्ने गरेका छन् । पछिल्लो समय विज्ञापन बजारमा नेपाली कलाकारको माग बढ्दै गइरहेको छ ।

नायिका उपासना सिंह ठकुरीको बढ्दो लोकप्रियतामा विज्ञापन बजार पनि लोभिएको छ । केही समय अगाडि एक स्कुटीको विज्ञापनमा काम गरेकी उपासना अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी छिन् । उनले एक बर्षका लागि यो ब्रान्डको राजदुतको रुपमा काम गर्नेछिन् ।

चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेकी यी सुन्दरीले नयाँ चलचित्र साइन गरेकी छैनन् । तर, उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या पनि राम्रै छ । उपासना पनि राम्रो कथा आएको खण्डमा मात्र काम गर्ने बताइरहेकी छिन् । तर, विज्ञापन बजारमा उनको माग भने बढ्दै गैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment