
२४ असोज, धनगढी ।बाजुराको हिमाली गाउँपालिका-५, कवाडी नदीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराका अनुसार ४ वर्षकी सन्तोषी नेपालीको शव भेटिएको छ ।
अरूको अवस्था अझै अज्ञात छ । ३० वर्षीया सत्ता नेपाली १६ गते साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।
उनीहरूको खोजी भइरहेको महराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4