+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकेन्टले दियो सोडियम हाइड्रोक्लोराइड र स्प्रे पम्प

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १२:५४

अटो वर्कशपहरु सुरक्षित राख्नका लागि नेपाल अटो मेकानिक्स संघलाई नेपाल ल्युब आयल लिमिटेडले सोडियम हाइड्रोक्लोराइड र स्प्रे पम्प हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को कारणले अटो वर्कशपहरु सुरक्षित बनाउने कार्यका लागि यी सामग्रीको प्रयोग गरिने छ । नेपाल ल्युब आयल लिमिटेडका डीजीएम दिवाकर मिश्र र मार्केटिङ एन्ड ब्रान्ड हेड रुपेश वाग्लेले संयुक्त रुपमा यी सामगी्र नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्कालाई शुक्रबार हस्तान्तरण गरे ।

संघलाई २ सय युनिट प्रति ५ लिटरको सोडियम हाइड्रोक्लोराइड र २ लिटरको स्प्रे पम्प हस्तान्तरण गरिएको थियो ।

सोडियम हाइड्रोक्लोराइडले वर्कशप सफा गर्नुका साथै सवारी साधनलाई डिस्इन्फेक्ट समेत गर्न सहयोग गर्छ ।

सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडका डीजीएम दिवाकर मिश्रले अटो मेकानिक्सहरुमा कोरोना संक्रमण नफैलियोस् र अटो वर्कशपहरु सुरक्षित बनुन् भन्ने उद्देश्यका साथ यी सामग्री उपलब्ध गराएको बताए । उनले वर्कशप सफा गराउने अभियानको सुरुवात मात्र आफूहरुले गरेको र यसमा अन्य कर्पोरेट हाउसहरुले समेत निरन्तरता दिने विश्वास ब्यक्त गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले यस्तो महामारीको बीचमा व्यापार व्यवसाय नचलेर हाहाकार भएको अवस्थामा पनि वर्कशप सुरक्षित राख्नका लागि अटो मेकानिक्सहरुलाई यस्ता सामग्री हस्तान्तरण गरेकोमा नेपाल ल्युब आयललाई धन्यवाद ब्यक्त गरे ।

नेपाल ल्युब आयल लिमिटेड गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?