२५ असोज, काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । अमेरिकाकी सोफिया केनिनलाई सीधा सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् ।
जितपछि इगाले भनिन्, ‘म यति धेरै खुसी छु कि कारण नै थाहा पाइरहेको छैन । यस्तो लाग्छ समय तीव्र रुपमा परिवर्तन भइरहेको छ ।’
इगा बिगत तीन दशकयता सबैभन्दा कम उमेरमा यो ग्राण्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेकि छन् ।
इगाभन्दा अगाडि सन् १९९२ मा १८ वर्षकी मोनिका सेलेसले फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।
प्रतिक्रिया 4