
‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ‘फुलन्देकी आमा’ उपनामले परिचित कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको प्रस्तुति बन्न सफल भएको छ ।
सनुप पौडेलको आवाजमा समावेश ‘दैव हे’ बोलको गीतमा उनीहरुले प्रस्तुति दिएका थिए । समाजले नै अपहेलना गरेकी एक महिलाले आफ्नो गर्भमा रहेको सन्तानलाई जन्माउन गरेको संघर्षलाई उनीहरुले डान्स मार्फत प्रस्तुत गरेका थिए ।
यस्तै, यो साताको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा नायिका सुमी मोक्तान र कोरियोग्राफर विजु पार्कीको एरियल डान्सले पनि दर्शकको मन जित्यो । शनिबार बेलुकी प्रशारण भएको शोमा दिपा–दमन्ताले कोरियोग्राफर सुनिलसँग ‘पिरतीमा पल्केर’ बोलको गीतमा नृत्य गरेका थिए ।
यो शोमा कलाकार पूजा ठाकुरले कोरियोग्राफर राजिव समरसँग ‘यो कुरा गोप्य नै राखौला’ बोलको गीतमा नृत्य गरेका थिए । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शनिबारको अंकमा श्रृष्टी केसीले कोरियोग्राफर केशव थापाले ‘सुख–दुःख’ बोलको गीतमा डान्स गरे ।
शुक्रबार बेलुकी ८ बजेपछि हिमालय टेलिभिजनमा प्रशारण भएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पाँचौ भागमा देवान्सी वैद्यवार र कोरियोग्राफर सिद्धार्थले ‘चञ्चले चञ्चले’ बोलको गीतमा नृत्य गरे ।
शोका अर्का प्रतिस्पर्धी गायक वुद्ध लामा र कोरियोग्राफर केविका खत्रीले ‘लै लै लै कठैवरी लै’ बोलको गीतमा नृत्य गरे । फुटबलर हरि खड्का र उनको कोरियोग्राफर पार्टनर यूवी बलामीले ‘सानी सानी’ बोलको गीतमा नृत्य गरेर दर्शकको मन जिते ।
कलाकार प्रशान्त ताम्राकार र उनको कोरियोग्राफर पार्टनर स्वयत्ना योञ्जनले ‘तिम्रो प्रेमले’ बोलको गीतमा डान्स गरेका थिए ।
यो शो हरेक हप्ताको शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । आउँदो साता भने एक जना प्रतिस्पर्धीले शोबाट विदा लिनुपर्नेछ ।
प्रतिक्रिया 4