
२५ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ५३ हजार ८०७ पुगेको हो ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७४ हजार ३८३ नयाँ संक्रमित फेला परेका छन् ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख आठ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९१८ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ६० लाख ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ७७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्यामा भने भारत तेस्रो स्थानमा छ ।
अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार नाघेको छ ।
प्रतिक्रिया 4