Comments Add Comment

इरानमा पाँच लाख नाघे कोरोना संक्रमित

२५ असोज, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म इरानमा कोरोना संक्रमितको संख्या पाँच लाख ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र इरानमा कोरोनाका तीन हजार ८२२ नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा इरानमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यससँगै इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २८ हजार ५४४ पुगेको छ । इरान मध्यपूर्वमा कोरानाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो ।

स्रोत : रोयटर्स

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment