Comments Add Comment

रोग अनुसार भोजन व्यवस्थापन : के खाने, के नखाने ?

खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला हामीलाई कुनै न कुनै रोगले च्यापिसकेको हुन्छ ।

जस्तो उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम । यस्तो अवस्थामा कस्तो खानपान उचित र कस्तो खानपान अनुचित हुन्छ ? जान्नुपर्छ ।

कब्जियतको समस्यामा

के खाने ?

फाइबरयुक्त सागसब्जी सेवन गर्ने । सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।

मौसमी फलफूल खाने । आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।

किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ । ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।

के नखाने ?

अत्याधिक मासुजन्य परिकार, चिल्लोचाप्लो, तारेको, दुधजन्य परिकार, वोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा खान उचित हुँदैन । कालो दाल, भन्टा, मुसुरो लगायत धेरै चिसो खानेकुरा खानु हुँदैन ।

उच्च रक्तचापमा

के खाने ?

लौकाको जुस, ताजा फलफूल, सागसब्जी, मकै, ग्रीन टि सेवन गर्ने । संभव भएसम्म शाकाहारी भोजन अपनाउने । कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुपर्छ ।

के नखाने ?

खानामा सोडियमको मात्रा घटाउने । प्रशोधित खानेकुरा, रातो मासु, मदिराजन्य पेय नियन्त्रण गर्नुपर्छ । त्यसैगरी कफी, चिया पनि कम पिउनुपर्छ । उच्च रक्तचापमा चुरोट अरु बढी हानिकारक हुन्छ । त्यसैले धुमपान त्याग्नुपर्छ ।

मधुमेह

के खाने ?

–हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग खानुपर्छ । प्रोटिन तथा फाइबरयुक्त खानेकुरा । फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा र सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रा उपयुक्त हुन्छ । कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

 के नखाने ?

गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा उचित हुँदैन । मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने । तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा । आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।

आस्थमा

के खाने ?

कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा खाने । चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल खाने । प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी उचित हुन्छ । भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।

के नखाने ?

तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना उचित हुँदैन । दुधजन्य उत्पादन तथा अमिलो र चिसो खानेकुरा खानु हुँदैन । केरा, पाकेको चुकन्दर,  कटर पनि लाभदायक हुँदैन ।

पखलामा

के खाने ?

केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा उचित हुन्छ । यसैगरी काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा लाभदायक हुन्छ । मेवा,  अनार लगायतका फलले फाइदा गर्छ । नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूसका साथै दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।

के नखाने ?

आलू, इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार, तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा उचित हुँदैन ।

रुघाखोकी

के खाने ?

स्याउ, मेवा, अंजीर,  अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा लाभदायक हुन्छ । यसैगरी पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम,  शलगम , गाँजर लगायतका सागसब्जीले फाइदा गर्छ ।

के नखाने ?

दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने । तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स नखाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment