+
+
Shares

सिद्धार्थ राजमार्ग आजबाट दैनिक तीन घण्टा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते ९:५४
फाइल तस्वीर

२६ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिएको हो ।

आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक बन्द गरेर पहिरो हटाउने काम हुने भएकाले तीन घण्टासम्म सबैखाले सवारी साधन चल्न नपाउने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए ।

गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?