+
+

कोमामा गइसकेका दलका नेताले मलाई हटाउन सक्दैनन् : शाह

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असोज २६ गते १६:१४

२६ असोज, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ ।

संसदीय दलको बैठक बोलाएपछि दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् ।

शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन,’ शाहले अनलाइनखबरसँग भने, ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’

शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पारे । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहले भने ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी दिएको सीता नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताइन् । ‘भोलि बैठक बस्दैन, केके हुन्छ पछि थाहा हुन्छ’ उनले भनिन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?