+
+
Shares

धादिङका कोरोना संक्रमित युवकको काठमाडौंमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १७:०६

२६ असोज, काठमाडौं । कोरोना संक्रमणबाट धादिङबेंसीका एक युवकको सोमबार मृत्यु भएको छ ।

काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा सोमबार बिहान नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालले अनलाइनखबरलाई जानकारी दिए ।

ज्वरो, खोकीका साथै निमोनिया भएपछि उपचारका लागि उनी असोज १८ गते सुमेरु अस्पतालमा भर्ना भएका थिए । कोरोना परीक्षणका लागि नगरपालिकामा स्वाब दिएर उनी थप उपचारका लागि काठमाडौं गएको उनले बताए । अस्पतालमा भर्ना भएपछि गरिएको कोरोना परीक्षणमा असोज १९ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ६२७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ । अहिले २२८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?