Comments Add Comment

आईपीएल सट्टेबाज : हारेपछि बन्धक बनाएर कुटपिट

२६ असोज, विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टेबाजीका कारण विरटानगरमा एक व्यक्ति कुटिएका छन् । विराटनगर– ११ पिचरा बस्दै आएका रोनल कँडेलसहितको समूहले विराटनगरकै सञ्जय सिंघलमाथि कुटपिट गरेको हो ।

सिंघलले भने आफूलाई बिहीबार अपहरण गरी बन्धक बनाएको आरोप लगाएका छन् । फेसबुकमार्फत उनले आफूमाथि अपहरण गरी कुटपिट भएको बताएका हुन् । सिंघलको फेसबुक स्टाटासको आधारमा प्रहरीले रोनललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले आइतबार कँडेललाई नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यमा समस्या आएको बताएपछि प्रहरीले सोही दिन बेलुका हाजिर जमानीमा छाडेको थियो ।

प्रहरीका अनुसार शुक्रबार बिहान सञ्जयले आफ्नो साथबाट रोनलले जबरजस्ती ८ लाखको चेक लगेको आरोप लगाएका छन् । बिहीबार आफूलाई बन्धक बनाएर श्रीकृष्ण पार्टी प्यालेसमा राखेर राति कुटपिट गरेको र शुक्रबार बिहान पनि कुटपिट गरेको उनले बताएका छन् ।

सट्टेबाज गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । स्वास्थ्य अवस्था खराब भएपछि उपचारका लागि जान दिइएको बताए ।

प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सञ्जयमाथि कुटपिट गरेका हुन् । ‘दुवै जनाले सट्टेबाजी खेलेका रहेछन्, हारेपछि घटना भएको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘जितेको भए कतै जान्थे होला, हारेको पैसा उठाउन घटना गराएको देखिन्छ ।’ अनुसन्धान जारी भएका कारण थप विषय खुल्ने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले शंकास्पदलाई सोधपुछ गरेको बताउँदै अनुसन्धान जारी रहेको बताए ।

आइतबार बेलुका प्रहरीले रोनललाई नियन्त्रणमा लिएको थियो । नेपाली कांग्रेस निटक तरुण दलको मोरङ क्षेत्र नम्बर ६ को अघोषित उपसभापति रोनललाई नियन्त्रणमा लिएको केही समयपछि स्वास्थ्यमा समस्या आएको बताएपछि प्रहरीले हाजिरी जमानीमा छाडेका थिए । प्रहरीले गत साता आईपीएलको सट्टेबाजी गर्ने तीन जनालाई पक्राउ गरेको थियो ।

यस्तो छ सिघको स्टाटास  

म यो फेसबुकमार्फत एउटा जानकारी गराउन चाहान्छु । बिहीबार राति ६ देखि ६ः३० बजेको बीचमा मलाई विराटनगरको पिचरा निवासी रोनल कँडेल भन्ने केटाले फोन गरेर क्रिकेटमा बेट लगाउनु पर्नेछ भाइ डिपोजिट लिन आउ भनेर बोलायो । म त्यहाँ पुग्दा रोनल, ठाकुरबारी रोडमा रहेको अलङकार ज्वेलर्सको सञ्चालक विकास सोनीको गाडीमा थिए । म गाडीमा बसेपछि उसले गाडी बसपार्क पछाडी रहेको कृष्ण पार्टी प्यालेसको टप फ्लोरको रुममा मलाई लगि बन्धक बनाइ कुटपिट गरे ।

जबरजस्ती मेरो फोनबाट धेरै ठाउँमा फोन गरेर धम्की दिए । अनी मसँग पैसाको माग गरे । मसँग पैसा छैन भन्दा रोनलसँग रुममा भएका अरु केटाहरुले मलाई कुटपिट गर्न थाले । त्यसपछि उनीहरु त्यहाँबाट निस्किएर गए । यस घटनामा रोनलसँगै विकास पनि संलग्न छन् । अरु पनि धेरै जनाको योजना छ ।

त्यसपछि शुक्रबार बिहान ९ बजे रोनल फेरि रुममा आएर मलाई टर्चर गर्न थाले पैसाका लागि । मैले टर्चर बर्दास गर्न नसकेपछि चिनेको दाई मनोज साह भन्नेसँग पैसाको लागि सहयोग पनि मागें । तर उहाँसँग मैले खुलेर सबैकुरा भन्न सकिन् । अनी सहयोग पनि पाइन् । त्यसपछि रोनलले मेरो पर्स चेक गर्याे । मेरो पर्समा उसले चेक पायो । जबरजस्ती उसको नाम लेखेर ८ लाखको तीनवटा चेकमा रकम भरेर २ वटाको डेट असोज १५ र एउटाको असोज २१ गतेको हालेको छ ।

तीनवटा चेक लिएपछि उसले मलाई जान दिन्छु भन्यो । जाने बेला उसले मलाई अहिले ५० हजार दे भन्यो होटललको बिल तिर्न, अनि मलाई किडन्याप(अपहरण) गर्न प्रयोग गरेको गाडीको अगाडिको भाग फुटेको मर्मतका लागि भन्यो ।

अनि मैले मनोज दाइलाई कमसेकम ५० हजार त अहिले तुरुन्त पठाइ दिनु भने । अनी उसले पप्पु भन्ने एकजना मान्छेलाई पठाए । त्यो मान्छे बसपार्क छेउमा रहेको रत्न होटलमा अगाडी आयो भन्दा रोनलले मनोजजंग भन्ने केटासँग रत्न होटल अगाडी पठायो ।

म त्यहाँ जादा पप्पु भन्ने मान्छेले पैसा नलिइआएको भनेपछि मनोजले रोनललाई फोन गर्न खोजेको थियो । तर मैले भाइ प्लिज एकछिन बीएफएम छेउ जाउँ दाजुको पसल छ । त्यहाँबाट लिएर दिन्छु भन्दा त्यो भाइले माने । पछि जनपथ टोल हुँदै जाँदा अचानक उसले बाइक रोक्यो अनि रोनललाई फोन गरेर पैसा लिन बिएफएम छेउ जादैछु भन्यो । रोनलले होइन पर्दैन् त्यसलाई लिएर आइज भनेपछि मनोजले बाइक स्टार्ट गरेर फर्काउन खोज्दा म चलाउँदै गरेको बाइकबाट जम्प गरेर भागें । अनि मलाई लिन आएको पप्पुको बाइकमा चढे । त्यसपछि बीएफएममा मनोज दाइको पसल पुगें अनि दाइले मलाई उपचार गराउनु भयो । औषधि दिनुभयो ।

अब यो घटनामा मैले उसले भने अनुसार सबै गरें, उसले भने अनुसार भिडियो बनाएँ । उसले मेरो नम्बरबाट धेरै ठाउ फोन गरेर धम्की पनि दिएको छ । मेरो चेक पनि लगेको छ । अब कुनै पनि घटना घटे वा मेरो परिवारका कोही सदस्य बुबा-आमा र भाइ तथा मलाई केही भएमा सम्पूर्ण जिम्मेवारी रोनल कँडेल र विकास सोनीको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment