+
+
Shares

रुसमा कोरोनाका दैनिक संक्रमितको संख्या अहिलेसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १४:०७
Photo Credit : REUTERS

२७ असोज, काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का दैनिक संक्रमित फेला परेका छन् । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरका अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका १३ हजार ८६८ नयाँ संक्रमित फेला परेका हुन् । यसअघिको सबैभन्दा धेरै दैनिक संक्रमितको संख्या १३ हजार ६३४ थियो । यससँगै रुसमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख २६ हजार १७८ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २४४ पुगेको छ । यसले पनि कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्यामा नयाँ कीर्तिमान कायम गरेको हो । यसअघि गत मे २९ मा रुसमा एकैदिन कोरोनाबाट २३२ जनाको मृत्यु भएको थियो । यससँगै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ९६६ पुगेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?