Comments Add Comment

स्वीडिस स्ट्राइकर भन्छन् : रोनाल्डोलाई कसरी रोक्ने थाहा छैन

२७ असोज, काठमाडौं । स्वीडिस फुटबलर डेजान कुलुसेभ्स्कीले युभेन्टसका टिममेट क्रिस्टियानो रोनाल्डोलाई नेसन्स लिगमा रोक्न सजिलो नरहेको बताएका छन् । नेसन्स लिग अन्तर्गत स्वीडेन र पोर्चुगलबीच गु्रप ३ को भिडन्त बुधबार लिस्बेनमा हुँदैछ, जसमा रोनाल्डो र कुलुसेभ्स्की आमनेसामने हुनेछन् ।

गत सेप्टेम्बरमा पोर्चुगल र स्वीडेनबीच पछिल्लो प्रतिस्पर्धा भएको थियो, जसमा रोनाल्डोले दुई गोल गर्दै आफ्नो टिमलाई जिताएका थिए । स्वीडिस स्टार कुलुसेभ्स्कीले आगामी म्याचमा पनि आफ्नो टिमका लागि रोनाल्डो नै मुख्य तगारो हुने आँकलन गरेका छन् ।

‘उनलाई रोक्न सक्ने कोही पनि छैन । यदि उनको दिन राम्रो भयो भने एक्लैले सबै निर्णय गर्न सक्छन्,’ कुलुसेभ्स्कीले भने, ‘अघिल्लो म्याचमा हामीले उनलाई रोक्न सकेनौं, अब बुधबार हामीलाई अर्को मौका छ ।’

उनी थप्छन्, ‘उनलाई कसरी रोक्ने मलाइ थाहा छैन । उनलाई हैरान बनाउनका लागि हामीले बढी भन्दा बढी आक्रामक बन्नुपर्ने हुन्छ । तर, आक्रामक रणनीति लिएर अन्त्यमा आफैं निराश हुनुपर्ने अवस्था पनि आउन सक्छ ।’

कुलुसेभ्स्की २०१६ मा १६ वर्षको उमेरमा अटलान्टामा आवद्ध भएका थिए । सो क्लबबाट उनले २०१८–१९ को सिजनमा तीनवटा मात्रै म्याच खेले । सन् २०१९–२० मा उनी पार्मामा गए । सो क्लबबाट उनले सिरी ए मा १० गोल गर्नुका साथै ९ वटा गोलका लागि पास मिलाएर तहल्का पिटे । सोही प्रदर्शनका कारण युभेन्टसले उनलाई ३ करोड ९० लाख डलर खर्चेर खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment