Comments Add Comment

बच्चालाई चाहिन्छ–प्रेम, सुरक्षा र सम्मान

विख्यात मनोवैज्ञानिक अब्राहम मास्लोले भनेका छन्, ‘मान्छेको केही मूलभूत आवश्यक्ता हुन्छ, जुन पुरा हुँदा उनलाई आत्मसन्तुष्टिको अनुभव हुन्छ । बच्चाका लागि शारीरिक र खानपानका अतिरिक्त प्रेम, सुरक्षा र सम्मानको भावना जरुरी हुन्छ । यसका लागि उसको शारीरिक र मानसिक विकास सही ढंगले हुनुपर्छ ।’ एउटा बच्चालाई सही अभिभावकत्व दिनका लागि सकारात्मक वातावरण, प्रेमपूर्वक व्यवहार, सुरक्षा र सम्मान चाहिन्छ ।

बच्चाको भावनाको ख्याल गरौं

बच्चाको अनावश्यक प्रशंसा गर्ने चक्करमा वा उनीहरुको गल्ती–कमजोरीमाथि टिप्पणी गर्ने क्रममा उनीहरुलाई कुनै किसिमको भावनात्मक असजिलो पो हुन्छ कि ? ख्याल गर्न जरुरी छ । सबै बच्चा एकनास हुँदैनन् । आबावुवा, आफन्त वा छिमेकीले आफुमाथि गरेका टिका–टिप्पणीलाई उनीहरुले उनीहरुलाई असहज बनाउँन सक्छ ।

अक्सर घरमा पाहुना आएका बखत वा कसैको घरमा पाहुना लागेको बखत आमाबुवाले छोराछोरीको कुरा गर्छन् । उनीहरुको कमीकमजोरीबारे चर्चा गर्छन् । यसले बच्चाहरुको आत्म सम्मानमा ठेस पुग्न सक्छ ।

बच्चालाई एकान्त पनि चाहिन्छ

अहिले धेरैजसो आमाबुवाले बच्चालाई बढी नै निगरानी गरिरहेका हुन्छन् । आफ्नो बच्चा कहाँ छन्, के गर्दैछन्, के खाँदैछन्, के बोल्दैछन्, के खेल्दैछन् भनेर चासो राखिरहेका हुन्छन् । कति अभिभावक त यस्ता हुन्छन्, जो बालबच्चालाई आफ्नै आँखा अगाडि राख्न चाहन्छन् । पछिल्लो समय यसलाई हेलिकोप्टर प्यारेन्टिङ भन्न थालिएको छ । अर्थात बच्चा जहाँ जहाँ जान्छन्, अभिभावक उनको पछि–पछि लाग्छन् । आफ्नो बच्चाको ख्याल राख्न नराम्रो होइन । यद्यपि बाल मनोविज्ञहरु के भन्छन् भने, ‘बालबच्चालाई पनि एकान्त चाहिन्छ ।’ उनीहरु आफ्नै खुसीले खेल्न, रमाउन, पढ्नका लागि पनि वातावरण बनाइदिनुपर्छ । एक सोधमा के पाइएको छ भने, जुन बच्चा आफुखुसी स्वतन्त्र ढंगले केही न केही गर्न पाउँछन्, उनीहरुमा तुलनात्मक रुपमा बढी रचनात्मक क्षमता हुन्छ ।

बच्चाको उपस्थिती

हामी घरमा कुनैपनि कुरा गरिरहँदा, कुनैपनि व्यवहार गरिरहँदा आफ्नो बच्चाको उपस्थितीलाई ख्याल गर्दैनौं । जस्तो, बेलाबखत श्रीमान र श्रीमतीले एकअर्कासँग गुनासो व्यक्त गरिरहेका हुन्छन् । छिमेकीको बारेमा टिकाटिप्पणी गरिरहेका हुन्छन् । सहकर्मीहरुका आलोचना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा आमाबुवाले के ठान्छन् भने बच्चाले यस्ता कुरामा ध्यान दिएका छैनन् । वा उनीहरुले यस्ता कुरा बुझ्दैनन् ।

तर, खेलिरहेका अवस्थामा, पढिरहेका अवस्थामा, टिभी हेरिरहेको अवस्थामा जुनसुकै अवस्थमा पनि उनीहरुलाई यस्ता कुराले असर गरिरहेका हुन्छ । खासगरी आमाबुवाले अरुप्रति गर्ने नकारात्मक टिप्पणीले उनीहरुमा पनि त्यस्तै बानीको विकास हुने जोखिम हुन्छ ।

घरको माहौल

अहिलेको अवस्थामा सबैजसो बालबच्चा घरमै छन् । र, धेरैजसो अवस्था उनीहरु आमाबुवासँगै बसिरहेका छन् । अतः उनीहरुका लागि घर आफैमा एक खुला विद्यालय हो । घरको वातावरण, आमाबुवाको व्यवहारबाट उनीहरुले धेरै कुरा सिकिरहेका हुन्छन् । यसर्थ घरको वातावरण यस्तो बनाउन जरुरी छ, जहाँबाट उनीहरुले सकारात्मक र प्रेरणादायी कुराहरु ग्रहण गर्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment