+
+
Shares

तोलामा ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको थियो र पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ३ हजार २० रुपैयाँ पुगेको छ र असोज ३१ गते चाँदीको भाउ ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो।

२१ कात्तिक, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?