Comments Add Comment

मैतीदेवी मन्दिर घटस्थापनादेखि खुल्ने

फाइल तस्वीर

२८ असोज, काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपिठहरुमध्येको एक मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ ।

काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायतलाई चिनिन्छ ।

मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले मन्दिर खुला गर्न लागिएको बताए ।

स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी मन्दिर खुल्ला गरिने कपालीको भनाइ छ । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले जानकारी दिए ।

तर सरकारले अन्य धेरै क्षेत्र खुल्ला गरिसके पनि शक्तिपिठहरु खोल्ने कि नखोल्ने भन्ने निर्णय गरिसकेको छैन ।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले मन्दिरहरु बन्द गरेको छ । यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठ र हिन्दुहरुको आराध्यदेव पुशपतिनाथ मन्दिरमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment