Comments Add Comment

कोरलालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने छ : परराष्ट्र मन्त्री ज्ञवाली

कोरोला नाकामा परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली । तस्वीर : मन्त्री ज्ञवालीको ट्वीटर

२९ असोज, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने बताएका छन् ।

बुधबार उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्ट, विभिन्न मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरुसँग नाकाको अवलोकन गरेपछि मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले भनेका छन, ‘एकीकृत जाँच चौकीको निर्माण र कालीगण्डकी करिडोर स्तरोन्नती मार्फत यसलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने छ र मुस्ताङका जनताको विकाससम्बन्धी वर्षौं पुरानो सपना साकार हुनेछ ।’ पछिल्लो समयमा नेपाल र चीनको विचमा सो नाका संचालका सम्बन्धमा छलफल भइरहेको छ ।

चीनतर्फ पर्याप्त पूर्वाधारको निर्माण भएपनि नेपालतर्फ हुने अझै पनि पूर्वाधारको निर्माण भने हुन सकेको छैन । मानसरोवर जानका लागि पनि कोरला नाका प्रयोग गर्न सकिन्छ ।

सरकारले नाकामा आवश्यक भन्सार, क्वारेन्टाइन, सुरक्षा चौकी लगायतका संरचना निर्माणका लागि जग्गाको व्यवस्थापन समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment