Comments Add Comment

खराब आनीबानीले मुटु रोगको जोखिम

मुटु रोगका लागि हाम्रो खानपान र जीवनशैली जिम्मेवार मानिन्छ । खराब खानपान, मद्यपान, धुमपान, रातो मासुको अत्याधिक सेवन र ऐशआरमपूर्ण जीवनशैलीले मुटु रोगको जोखिम बढाउँछ । एकातिर खराब खानपान अर्कोतिर निस्क्रिय जीवनशैली, यसले मुटुको कार्य प्रणालीलाई असर गर्ने नै भयो । हामीलाई समान्य लाग्ने कतिपय कुराले मुटुलाई भने रोगी बनाउँछ । जस्तो लामो समय एकै स्थानमा बसिरहने, पुरा निद्रा नसुत्ने आदि ।

एकै स्थानमा लामो समय विताउने

कति अल्छीले, कति बाध्यताले एकै स्थानमा लामो समय बस्ने गर्छन् । जस्तो कुनै कर्मचारी कार्यलय गएपछि एउटै कुर्सीमा घण्टौं–घण्टा बस्छन् । कोही व्यक्ति सोफामा पल्टेर टेलिभिजन हेरेपछि दिन बितेको पत्तो पाउँदैनन् । यसरी एकै स्थानमा लामो समय बस्नु मुटुलाई रोगी बनाउनु हो ।

चिकित्सकहरु भन्छन्, एकै स्थानमा लामो समय बसिरहनु हुँदैन, केही न केही शारीरिक गतिविधि गर्न जरुरी छ । कम्तीमा आधा घण्टामा एक पटक शरीरलाई तन्काउने, यताउता डुल्ने गर्नुपर्छ । लामो समयसम्म एकै स्थानमा बसेर टेलिभिजन हेर्दा, काम गर्दा मुटुको धमनीमा अवरोध पैदा हुन्छ ।

कामको दवाव

बेलाबखत हामी एकदमै दबवमा काम गरिरहेका हुन्छौं । एकै पटक धेरै काम गर्नुपर्ने वा छोटो समयमा काम पुरा गर्नुपर्ने अवस्थामा हामीले आफुलाई दबाव महसुष गर्छौं । धपेडीमा, दबावमा यसरी काम गर्नु पनि राम्रो होइन । चिकित्सकहरुका अनुसार लामो समयसम्म तनावमा रहनाले मुटुको गति तिव्र हुनुका साथै रक्तचाप बढ्ने गर्छ । यसले मुटुलाई खराब गर्छ ।

राम्ररी निद्रा नलिनु

गहिरो निद्रा लिनु वा निश्चित अवधीसम्म राम्ररी सुत्न सक्नु स्वास्थ्य जीवनको सूचक हो । जबकी अनिद्रा आफैमा रोग हो । अनिद्राले अनेकन रोग पैदा गर्छ । जस्तो कि मुटुको रोग । निद्रा खल्बलिएमा रत्तचाप बढ्ने र त्यसले मुटुमा समस्या निम्त्याउने बताइन्छ ।

नुनको अधिक सेवन

नुनको सेवनले रगतमा पानीको मात्रा बढ्ने गर्छ । जसका कारण रगत पातलो हुने तथा धेरै उतपादन हुने गर्दछ । शरीरमा धेरै रगत उत्पादन भएमा मुटुमा दवाव पर्ने गर्दछ ।

मुखको सफाई राम्ररी नहुनु

विशेषज्ञ चिकित्सकहरुका अनुसार मुखको सफाई राम्ररी नहुनुले पनि मुटुको समस्या बढाउने गर्छ । मुखको सफाई नभएमा मुखमा व्याक्टेरिया पैदा हुने गर्दछ । उक्त व्याक्टेरिया मुखबाट घाँटी हुँदै मुटुमा पुुग्ने गर्दछ । त्यसैले त मुटुलाई स्वस्थ राख्नका लागि पनि दाँत तथा गिजाको साथमा मुखको सफाई गर्न अत्यन्त जरुरी छ ।

घुर्नु

लगातारको घुर्ने वानीका कारण पनि निद्रामा असर पर्न सक्छ । घुर्ने क्रममा घाँटीको मांसपेशीमा दवाव उत्पन्न भई श्वासनलीमा अवरोध पैदा हुन्छ । जसका कारण घाँटीको नशामा समेत अवरोध खडा हुन्छ र शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुँदैन । लामो समयसम्म यस्तो समस्या भईरहे उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकको समस्या उत्पन्न हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment