Comments Add Comment

भारतमा एक वर्षदेखि शौचालयमा थुनिएकी महिलाको उद्धार

Photo Credit : ANI

२९ असोज, काठमाडौं । भारतको हरियाणाको पानीपट जिल्लास्थित रिषपुर गाउँबाट एक महिलाको उद्धार गरिएको छ । उनलाई श्रीमानले एक वर्षदेखि शौचालयमा थुनेर राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उनका श्रीमानले भने पत्नीमा मानसिक समस्या रहेको बताएका छन् ।

महिला संरक्षण तथा बाल विवाह रोकथामका अधिकारी रजनी गुप्ताले उद्धार गरिएकी महिलामा भने कुनै किसिमको मानसिक समस्या नदेखिएको बताइन् । उनले भनिन्, ‘मैले महिलालाई एक वर्षभन्दा लामो समयदेखि शौचालयमा थुनेर राखेको सूचना पाएको थिएँ । यहाँ म मेरो टोलीसँग आएँ । यहाँ आइपुग्दा मैले पाएको सूचना सत्य ठहरियो । महिलाले केही दिनदेखि केही खान पनि नपाएको जस्तो देखिन्छ ।’

उद्धार गरिएसँगै उनका श्रीमान् नरेशविरुद्ध मुद्दा दायर गरिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । नरेशले भने महिलामा मानसिक समस्या रहेको र आफूले यसअघि डाक्टरलाई देखाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएको बताएका छन् । प्रहरीले भने अहिले नरेशविरुद्ध मुद्दा दायर गरिएको र महिलामा मानसिक समस्या रहेको वा नरहेको भन्ने जाँचका लागि डाक्टरको परामर्श लिन लागिएको बताएको छ ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment