Comments Add Comment

सेनाले ईश्वर पोखरेललाई आइतबार विदाइ गर्ने

फाइल तस्वीर

२९ असोज, काठमाडौं । निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाले जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी विदाइ गर्ने भएको छ । यसका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार साँझ जंगीअड्डामा कार्यक्रम राखेका छन् ।

नेपाली सेनासँग भएको तनावका कारण पोखरेलको जिम्मेवारी खोसिएको चर्चा भइरहेको वेला सेनाले विदाइको कार्यक्रम राखेको हो । जंगीअड्डामै विदाइ गर्ने भएपछि रक्षा मन्त्रालयमा बुधबार भएको विदाइ कार्यक्रममा उपरथी शशिबहादुर सिंह सहभागी भएका थिए ।

रक्षामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रेश्मिराज पाण्डेले पोखरेल कर्मचारी र विभागीय समूहको असहयोगले हटेको भन्ने विषय गलत रहेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment