
२९ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहीबार एकैदिन ६५४ जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १२ हजार नाघेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । संक्रमित मध्ये विराटनगरका मात्रै चार हजार छन् ।
बिहीबार विराटनगरमा २२५ जना संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ हजार २६ पुगेको छ । संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ ।
प्रदेश १ मा संक्रमित मध्ये १२३ जनाको मृत्यु भएको छ । ५ हजार ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कहाँ कति थपिए ?
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ६, मोरङ र तेह्रथुममा २/२ र प्रदेश १ बाहिरका एकजनाको मृत्यु भएको हो ।
प्रतिक्रिया 4