Comments Add Comment

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

२९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।

सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको हो ।

  • धरान उपमहानगरपालिका-७, सुनसरीकी ६३ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएकी उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • इटहरी उपमहानगरपालिका-२०, सुनसरीकी ७५ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-९, सुनसरीका ५८ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २५ असोजमा संक्रमण पुष्टि भएका उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • धरान उपमहानगरपालिका-९, सुनसरीकी ४४ वर्षीया महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २७ असोजमा संक्रमण पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-१५, सुनसरीका ६६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । सोमबार कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसकेा उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेह, उच्च रक्तचापको मसस्या थियो ।
  • बानेश्वर, काठमाडौंका ६३ वर्षीय पुरुषको बुधबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । स्टोक भएर २४ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।
  • डल्लु, काठमाडौंकी ८७ वर्षीय महिलाको बुधबार मेडीसिटी अस्पतालमा मृत्यु भएको छ । उनी निमोनिया भएर २१ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • सोह्रखुट्टे, काठमाडौंका ६४ वर्षीय पुरुषको स्टार अस्पतालमा मृत्यु भएको छ । निमोनिया र शक भएर ६ असोजमा अस्पताल भर्ना भएका उनलाई २१ गते संक्रमण पुष्टि भएको थियो ।
  • ठूलो भर्‍याङ, काठमाडौंका ४८ वर्षीय पुरुषको बुधबार बयोधा अस्पतालमा मृत्यु भएको छ । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर १८ गते अस्पताल भर्ना भएका थिए ।
  • थिमी, भक्तपुरका ८६ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप र दमको समस्या भएका उनी ३१ भदौमा अस्पताल भर्ना भएका थिए र त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • व्यासी, भक्तपुरका ३७ वर्षीय पुरुषको अल्का अस्पतालमा मृत्यु भएको छ । निमोनिया र कलोजोसम्बन्धी समस्या भएका उनी १७ असोजमा अस्पताल भर्ना भएका थिए भने १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सिन्धुपाल्चोकका ६०वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पताल, महारागञ्जमा मृत्यु भएको छ । निमोनिया भएर २१ असोजमा अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा रक्त अल्पत्ता र मिर्गौलाको समस्या पनि थियो ।
  • सिन्धुपाल्चोकका ६१ वर्षीय पुरुषको बिहीबार अस्का अस्पतालमा मृत्यु भएको छ । २६ असोजमा अस्पतथाल भर्ना भएका उनलाई २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या पनि थियो ।
  • सुन्दरहरैँचा नगरपालिका-५, मोरङकी ४० वर्षीया महिलाको बुधबार विराट नर्सिङ होममा मृत्यु भएको छ । उनी मुटुसम्बन्धी समस्या भएर मंगलबार अस्पतालमा भर्ना भएकी थिइन् ।
  • विराटनगर महानगरपालिका-४, मोरङका ५० वर्षीय पुरुषको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । मधुमेहबाट पीडित उनलाई २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • दाङ्पा- १, तेह्रथुमका ४९ वर्षीय पुरुषको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २६ गते संक्रमण पुष्टि भएको थियो ।
  • तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । मृगौलासम्बन्धी समस्या भएका उनलाई १० असोजमा संक्रमण पुष्टि भएको थियो भने ११ गते अस्पताल भर्ना भएका थिए ।
  • इमाडोल, ललितपुरका ८५ वर्षीय पुरषको बिहीबार किस्ट अस्पतालमा मृत्यु भएको छ । २० असोजमा अस्पताल भर्ना भएका उनलाई २३ गते संक्रमण पुष्टि भएको थियो ।
  • धुलिखेल, काभ्रेकी ८८ वर्षीया महिलाको बुधबार बयोधा अस्पतालमा मृत्यु भएको छ । २८ असोजमा अस्पताल भर्ना भएका उनलाई त्यही दिन कोरोना पुष्टि भएको थियो ।
  • रामेछापका १०० वर्षीय पुरुषको बुधबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । दम, उच्च रक्तचाप र न्यूरोसम्बन्धी समस्या भएका उनी १७ असोजमा अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • लाहान नगरपालिका-६, सिराहाका ५५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल, विराटनगरमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी २५ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • भूमिकास्थान नगरपालिका-९, अर्घाखाँचीका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । तर आईसीयू वेड खाली नभएका कारण दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
  • बुटवल उपमहानगरपालिका-७, रुपन्देहीकी ७० वर्षीया महिलाको बिहीबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २१ गते अस्पताल भर्ना भएकी उनमा ज्वरो, दम लगायतका समस्या थियो ।
  • जानकी गाउँपालिका-६, बाँकेका ६५ वर्षीय पुरुषको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । उनी १० असोजमा अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment