+
+
Shares

‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

डिशहोमको च्यानल नं.९९९ मा हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ११:२५

३० असोज, काठमाडौं ।  नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले सुरुवात गरेको छ ।
असोज ३० गते रिलिज हुने चलचित्र ‘का पे रनसिंगम’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र ‘का पे रनसिंगम’ सत्य घटनामा आधारित, सामाजिक चलचित्र हो । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेसनल च्यानल नं. ९९९ मा दैनिक ३ वटा सो बिहान १० बजे, दिउँसो ४ बजे र राति १० बजे हेर्न सकिने डिशहोमले जनाएको छ ।

असोज १६ गते रिलिज भएको चलचित्र ‘खालीपिली’ हेर्न चाहने दर्शकका लागि बिहान ७ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्ने डिशहोमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?