+
+
Shares

भक्तपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १३:३७

३० असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले असोज २ गतेदेखि अत्यावश्यकबाहेकका अन्य सेवा नदिने भएको छ ।

कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गरिएको जानकारी दिएको छ ।

प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?