Comments Add Comment

कोरोना भाइरसबाट गुप्तचरका एसपीको मृत्यु

१ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो ।

गुप्तचर स्रोतका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । हालै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

स्रोतका अनुसार हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ । तीमध्ये ४० जना निको भइसकेका छन् । संक्रमितमध्ये अधिकांश सीमा क्षेत्रमा कार्यरत व्यक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment