+

 कास्कीमा आधुनिक ‘टेक्निकल सेन्टर’ बनाइने

२०७७ कात्तिक  १ गते १५:१० २०७७ कात्तिक १ गते १५:१०
Shares
 कास्कीमा आधुनिक ‘टेक्निकल सेन्टर’ बनाइने

१ कात्तिक, पखरा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ ।

फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नं ६ को भिँडाबारीमा करिब ५०० रोपनी जग्गामा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको तयारी गरिएको हो ।

एन्फाले एकेडेमी निर्माणका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर बोलपत्र आह्वानको तयारीमा जुटेको जनाएको छ । सो एकेडेमीलाई एन्फाले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको छ ।

पोखराबाट १४ किमी दूरीमा अवस्थित भिँडाबारीमा सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खला समेतको दृश्यावलोकन गर्न सकिने भएकाले एकेडेमी निर्माणका लागि सो स्थल छनोट गरी दुई वर्षअघि देखि प्रक्रिया शुरु भएको थियो ।

एकेडेमी निर्माणका लागि एन्फा कार्य समितिले पहिलो चरणमा रु १७ करोड बजेट उपलब्ध गराउने निर्णय गरिसकेको एन्फा केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए । विभिन्न चरणमा गरी सो परियोजनामा रु ८० देखि ९० करोडसम्म लगानी हुने बताइन्छ । उहाँका अनुसार परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

एन्फाले प्रस्ताव गरेको सो बहुउद्देश्यीय परियोजनामा ५०० हजार दर्शक क्षमताको प्यारापिट सहितको फुटबल मैदान, दुई फुटसल मैदान, दुई अभ्यास मैदान, एक मुख्य मैदानसहित चार छात्रवास, दुई छात्रावास, प्रशासन भवन, चमेनागृह, दुई पाहुना ब्लक, जिम, मेडिकल तथा पुनस्र्थापना केन्द्र, आर्टिफिसियल मिनी पिच, दुईबीच फुटबल मैदानलगायत संरचना बनाउने योजना रहेको बताइन्छ । स्वदेशी तथा विदेशी क्लबका खेलाडीको अभ्यासस्थलका रुपमा त्यसलाई अघि बढाउने योजना छ ।

एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), जमीन नाप जाँच लगायतका कार्य सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको तयारी भए पनि त्यसअघि प्रस्तावित स्थलको दुबैतर्फ नदी तटबन्धनको कार्य गर्न एन्फाले प्रदेश सरकारलाई आग्रह गरेको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलेज जानकारी दिए ।

एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले गत साता पोखरा आएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरी परियोजना शुरु गर्नुअघि प्रस्तावित स्थल वरपर नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि तटबन्धनको काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए। प्रस्तावित सो स्थलको यसअघि एन्फा पदाधिकारी तथा एएफसीका प्रतिनिधिले समेत निरीक्षण गरेका थिए ।

मुख्यमन्त्री गुरुङले शुक्रबार एन्फा टेक्निकल सेन्टरका लागि प्रस्तावित स्थलको निरीक्षण गर्र्दै परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘पोखरा नजिकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिबद्ध छ ।”

धेरै कमेन्ट गरिएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय