+
+
Shares

दसैँ भत्ता : संघीय सांसदले छोडेनन्, प्रदेश सांसदले लिएनन्

हरि अधिकारी हरि अधिकारी
२०७७ कात्तिक ३ गते १३:४२

३ कात्तिक, विराटनगर । कोरोना महामारीले देश आक्रान्त भइरहेको अवस्थामा संघीय सांसदले दसँं भत्ता बुझे । महामारीमा भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् ।

संघीय सांसद भत्ता विवादमा मुछिदा प्रदेश १ का सांसद भने आलोचनाबाट जोगिएका छन् । दसैँ भत्ता नलिएका कारण प्रदेश १ का सांसदहरु आलोचनाबाट जोगिएका हुन् ।

प्रदेश १ का सांसदले यसअघि पनि दसैँमा भत्ता बुझेका थिएनन् । महामारीको समयमा सांसदले दसैँ भत्ताको माग पनि गरेनन् ।

फजुल खर्च कटौती गर्ने निर्णय गरेको प्रदेश सरकारले दसैँमा सांसद र मन्त्रीलाई भत्ता दिने निर्णय नै गरेन् । सरकारले निर्णय नगरेका कारण दसैँमा सांसदलाई भत्ता वितरण नगरिएको प्रदेश १ प्रदेस सभा सचिवालयले जनाएको छ ।

‘प्रदेश सांसदहरुले यसअघि पनि दसैँ भत्ता लिनु भएको थिएन्,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने, ‘महामारीको समयमा सांसदले भत्ताको विषय उठाउनु पनि भएन्, यो वर्ष मन्त्रीहरुले पनि भत्ता लिनुभएन् ।’

सरकारको निर्णयका आधारमा सांसदले दसँै भत्ता पाउने बताउँदै उनले प्रदेश सरकार गठन भएयता प्रदेसशभा सदस्यहरुले दसैँ भत्ता नलिएको बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?