Comments Add Comment

गैरकानुनी व्यापार गर्नेमा फलफूल र तरकारी पसल अगाडि

४, असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले गरेको बजार अनुगमनमा गैरकानुनी व्यापार गर्नेमा तरकारी र फलफूल पसल धेरै रहेको पाइएको छ ।

यस्तै पानी उद्योगमा पनि समस्या पाइएको विभागले जनाएको छ । कारबाहीम्ाा परेका व्यापारिक र्फमहरुले उपभोक्तालाई ठग्ने, खरिद बिक्री बिल बिजक जारी नगर्ने तथा मूल्य सूची नराखी व्यवसाय सञ्चालने गरेको पाइएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

असोज एकदेखि ३० गतेसम्म चाडपर्वलक्षित बजार अनुगमनका क्रममा १३७ पसललाई कारबाही गरिएको आचार्यले बताए ।

उनकाअनुसार समूहगतरुपमा ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ वटा पसल कारबाहीमा परेका छन् ।

यस्तै ४५ वटा पानी उद्योग अनुगमन गर्दा १४ वटा कारबाहीमा परेका छन् । एक महिनामा ८०१ र्फमको अनुगमन गर्दा १३७ र्फमलाई जरिवाना गरिएको थियो । जरीवानाबाट ७८ लाख ५७ हजार राजश्व संकलन भएको पनि विभागले जनाएको छ ।

अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तुको नष्ट गरिएको थियो ।

शंकास्पद व्यापारिक कार्य गर्ने १०४ फार्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न विभाग बोलाइएको छ भने २२ र्फमको कारोबार रोक्का तथा सिलबन्दी गरिएको छ ।

यस्तै ६ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको विभागले जनाएको छ । अनुगमनका क्रममा चार सय ८४ र्फमलाई सामान्य कैफियत तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फाराम तथा उद्योगको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment