Comments Add Comment

कर्णालीमा एकैदिन थपिए १८१ कोरोना संक्रमित

४ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १०१ जना रहेका छन् । जसमा १८ जना कर्मचारी, सातजना सुरक्षाकर्मी, पाँचजना स्वास्थ्यकर्मी, चारजना व्यवसायी, दुईजना राजनितीकर्मी, एकजना नेपाल आर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै दैलेखका ४० जना, कालीकोटका १५ जना, जुम्लाका चारजना, हुम्ला र सल्यानका दुई/दुईजना, मुगु, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना र अन्य प्रदेशका १४ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५३५१ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप १०१ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९८५ पुगेको छ ।

प्रदेशभर हालसम्मा १ हजार १८५ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment