Comments Add Comment

अस्पताललाई बागमती प्रदेश सरकारको पत्र : संक्रमितको निशुल्क उपचारलाई निरन्तरता दिनू

५ कात्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना संक्रमित सबै नागरिकको निशुल्क उपचार गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ ।

संघीय सरकारले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अन्यसँग भने कोरोना परीक्षण र उपचारको रकम लिने संघीय सरकारको निर्णय थियो ।

तर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८ वटा कोरोना विशेष अस्पताल, १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र धुलिखेलको जनस्वास्थ्य प्रयोगशालालाई पत्र लेखी संघीय सरकारले निशुल्क उपचार गर्नेबाहेक अन्य नागरिकको पनि निशुल्क उपचार गर्न भनेको छ ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार संघीय सरकारको निर्णयअनुसार लक्षित वर्गबाहेक अन्य नागरिकलाई समेत हाल प्रदान गरिरहेको सेवा साविकको विधि, प्रक्रियाअनुसार निरन्तरता दिन अस्पतालहरुलाई भनिएको छ ।

हेर्नुहोस् पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment