Comments Add Comment

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ३ जना पक्राउ

५ कात्तिक, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जना पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ बर्षका राजुकुमार यादव, २७ बर्षका दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ बर्षका रवि दासलाई प्रहरीले पक्रेको हो ।

युएईमा भइरहेको आईपीएल खेलको विषयमा कलैया बजारमा केही मानिसहरूले सट्टेबाजी गरिरहेको सूचना पाएपछि प्रहरीले सट्टेबाजीमा संलग्नको खोजी सुरु गरेको थियो । त्यस क्रममा राजदेवी टोलस्थित राजुको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । किँग्स इलेभन पंजाब र दिल्ली क्यापिटल्सबीच भइरहेको खेलमा उनीहरुले साट्टेबाजी गरेको प्रहरीको भनाइ छ ।

उनीहरुबाट सट्टेबाजीका लागि प्रयोग गरेको बिभिन्न बैंकको चेक, नगद १ लाख ७७ हजार ५० रुपैयाँ र मोबाइल २ थानसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

उनीहरु विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment