+
+
Shares

खोकनामा सिकाली जात्राको रौनक (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ कात्तिक ६ गते १५:५८

६ कात्तिक, काठमाडौं । दसैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा बिहीबार धुमधामका साथ मनाइएको छ ।

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा बिहीबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।

घटस्थापनको दिनदेखि सुरु हुने यस जात्राको अन्तिम दिन जात्रा तयार पारिएकै कथामा आधारित भएर सप्तमीको दिन शुक्रबार क्वँलाछीमा सिकाली नाच देखाउने गरिन्छ । जात्राको भने बिहीबार अन्तिम र मुख्य दिन हो ।

खोकनावासी दसैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।

हेर्नुहोस् तस्वीरहरु :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?