Comments Add Comment

जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह

६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।

दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताएका छन् । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment